२०८३ कार्तिक १२ गते बुधबार

के हो रास्वपाको ‘मिसन ०८४’? यस्तो छ रविको व्याख्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
ravi_ghanti

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिसन ०८४ को व्याख्यालाई पारित गरेको छ। महोत्तरीको जलेश्वरमा तीन दिनसम्म चलेको केन्द्रीय समिति तथा संसदीय दलको बैठकले रास्वपाको मिसन ०८४ व्याख्यालाई पारित गरेको हो। सभापति एवम् रास्वपा संसदीय दलका नेता रवि लामिछानेले पेस गरेको राजनीतिक प्रतिवेदनमा मिसन ०८४ को व्याख्या गरिएको छ।

२०७९ मा सम्पन्न निर्वाचनमा सरकार बनाउनका लागि पर्याप्त मत नआएको ठहर गरेको रास्वपाले २०८४ मा बहुमत प्राप्त गरी सरकार बनाउने जिकिर गर्दै आएको छ। तर २०७९ कै निर्वाचनमा सरकार बनाउन आवश्यक मत पाएका र त्यसअघि पनि लामो समय सत्तामा रहिसकेका दलले पनि आफूहरूले भनेको सुनेर मिसन ८४ भन्न थालेको भन्दै रविको राजनीतिक प्रतिवेदनमा आश्चर्य व्यक्त गरिएको छ।

‘तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दल पनि मिसन ०८४ भन्न थालेका छन्। जबकि, देशको आवश्यकता र जनचाहनाअनुसार काम गर्न उनीहरुलाई नयाँ जनादेशको खाँचो नै छैन,’ रविको प्रतिवेदनमा उल्लेख छ, ‘उनीहरुले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन्। तर, हाम्रै नक्कल गरेर मिसन ०८४ भन्नुपर्ने बाध्यतामा छन् उनीहरु पनि।’

रविले मिसन ०८४ लाई पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि भएको उल्लेख गरेका छन्। रास्वपाको एजेन्डा धेरैभन्दा धेरै नागरिकबीच पुर्‍याउने अभियानलाई पनि मिसन ०८४ को नाम दिएको सम्झनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार उम्मेदवारको दावेदारलाई भित्र्याउने र अगाडि बढाउने अभियानलाई पनि रविले मिसन ०८४ को नाम दिएका छन्। रास्वपाका हरव्यक्तिले आफू पछि हटेर भए पनि स्वच्छ छवि, स्पष्ट भिजन भएको इमानदार र क्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियानलाई मिसन ८४ कै अंगको रूपमा लिनुपर्ने रविको जिकिर छ।

मिसन ०८४ लाई धैर्यताको अभियान नाम दिएका रविले अबका चार वर्ष संगठनलाई चुस्त बनाउँदै विकृति-विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सके राजनीतिक रूपमा स्थापित सम्भावना औँल्याइएको छ। मिसन ८४ मा गुट, उपगुट, सदस्यता खरीद, घात-अन्तर्घातको राजनीति नहुने उनको जिकिर छ।

मिसन ०८४ आफ्नै पारदर्शिताको अभियान पनि रविले उल्लेख गरेका छन्। ‘हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्छ। राजनीतिलाई जीवनयापनको माध्यम बनाउने होइन,’ रविले लेखेका छन्, ‘जीवन धान्न धौ-धौ परेको साथीलाई उद्यममा सघाऔं, सक्रिय राजनीतिमा होइन। सके लिडर, नसके भोटर मात्र हुँदा पनि केही फरक पर्दैन, पर्नु हुँदैन।’

मिसन ०८४ कै चर्चा गर्दै लामिछानेले चार वर्ष पर्खदा मूलुक झन् उधो गतिमा जाने सक्ने समेत उल्लेख गरेका छन्। ‘एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने। त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने?’ प्रतिवेदनमा उनले प्रश्न गरेका छन्।

संकटमा व्यवस्था नभएको बरु पुराना दल संकटमा पुगेको लामिछानेको दाबी छ। मध्यावधिका लागि पार्टी तयार भएर बस्नुपर्ने उल्लेख गर्दै नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिएका छन्। ‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ। पार्टीको सबै संरचनालाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु,’ प्रतिवेदनमा भनिएको छ। प्रदेशले आफ्नो उपदेयता पुष्टि गर्न नसक्दा आम नागरिकमा प्रदेश संरचनाप्रति असन्तुष्टि बढेको उनको ठहर छ।

यस्तो छ रविको ‘मिसन ०८४’ व्याख्या
भनिन्छ, सबै मान्छे स्वर्ग जान त चाहन्छ। तर, मर्न चाहन्न। त्यस्तै भएको छ, मिसन ०८४ को हकमा पनि। तीन दशकदेखि सत्ता र सत्ताको वरिपरि रहेका दल पनि मिसन ०८४ भन्न थालेका छन्। जबकि, देशको आवश्यकता र जनचाहनाअनुसार काम गर्न उनीहरुलाई नयाँ जनादेशको खाँचो नै छैन। उनीहरुले त अहिले नै रुपान्तरणसहित समृद्धिको मिसन चलाउन सक्छन्। तर, हाम्रै नक्कल गरेर मिसन ०८४ भन्नुपर्ने बाध्यतामा छन् उनीहरु पनि।

(क) मिसन ०८४ भनेको पार्टी विस्तार र सुदृढीकरण गर्ने अभियान पनि हो। यस अभियानमा हाम्रो एजेण्डाको जानकारीसहित धेरैभन्दा धेरै नागरिकबीच पुग्न सक्नु पर्छ।

(ख) पार्टीमा योग्य, क्षमतायुक्त र इमान्दार उम्मेदवारको दावेदारलाई भित्र्याउने र अगाडि बढाउने अभियान पनि हो मिसन ०८४। यसको अर्थ, यो अभियान आफू पछि हटेर भए पनि टिमभित्र स्वच्छ छवि, स्पष्ट भिजन भएको इमानदा र रक्षमतावान मान्छे खोज्ने, रोज्ने र जिताउने अभियान हो।

(ग) मिसन ०८४ भनेको धैर्यताको अभियान पनि हो। आउँदो चारवर्ष संगठनलाई चुस्त बनाउँदै विकृति-विसंगतिको खबरदारी र नागरिकका मुद्दामा एकाकार हुन सक्यौं भने पनि हामी थप स्थापित हुनेछौं। राजनीतिमा स्थापित हुन गुट, उपगुट, सदस्यता खरीद, घात-अन्तर्घातको राजनीति अबको पुस्ताले गर्नु पर्दैन।

(घ) मिसन ०८४ आफ्नै पारदर्शिताको अभियान पनि हो। हरेक पदाधिकारीले अब आफ्नो जीवनयापनको स्रोत सार्वजनिक गर्नुपर्छ। राजनीतिलाई जीवनयापनको माध्यम बनाउने होइन। जीवन धान्न धौ-धौ परेको साथीलाई उद्यममा सघाऔं, सक्रिय राजनीतिमा होइन। सके लिडर, नसके भोटर मात्र हुँदा पनि केही फरक पर्दैन, पर्नु हुँदैन।

मिसन०८४को नारा फेरिन पनि सक्छ
सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा यसो गर्छु भन्दै छ। सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको कामबाट व्यापक असन्तुष्ट छन्। अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ०८४ कै चुनाव ताकिरहेका छन्। प्रमुख प्रतिपक्षी दल पनि मिसन ०८४ नै भन्दैछ। अन्य दल पनि ०८४ तिरै हेरिरहेका छन्।

रास्वपाले पारित गरेको रविको प्रतिवेदनमा विरोधाभास [पूर्णपाठ]

अर्थतन्त्र ओरालो लागेको छ। नागरिकहरु सडकमा आइसके। सरकार स्वेच्छाचारी ढंगले अपराधीलाई समेत खुल्ला छोड्ने निर्णय गर्छ। चलखेलमा अनेकौं इजाजत बाँड्छ। राज्यका महत्त्वपूर्ण पद भाग्बण्डामा दिन्छ। रोजगारी सिर्जना गर्ने योजना ल्याउँदैन । जसका कारण दैनिक हजारौं मानिस देश छोडेर विदेश जाँदैछ्न्। यही सिलसिला अझै चार वर्ष चल्ने हो भने मुलुकले बेहोर्ने घाटा हिसाब गरी साध्य छैन।

एकातिर मुलुक झन्झन् उधोगतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने। त्यसो हो भने चार वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने? सकेसम्म सबै पुराना दलहरु मिलेर मिसन८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । हैन भने यही बेथितिको निरन्तरतामा अर्को चार वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला? पुराना दलहरु आफू-आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन्। वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरु छन्। उनीहरूको राजनीति छ।

व्यवस्था संकटमा परे जोगाउने जनता छन्। साथीहरु, त्यसैले मिसन ०८४को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ। पार्टीको सबै संरचनालाई ‘स्ट्यान्डबाइ’ रहन निर्देशन दिन्छु।

प्रकाशित: २०८० मङ्सिर १४ गते बिहिबार ०१:३६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना