काठमाडौँ- नेपालका लागि सुजुकी ब्रान्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी एक्सटिजेनले नयाँ एसयूभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ सार्वजनिक गरेको छ। एक कार्यक्रमबीच यी दुवै गाडी बजार मूल्यसहित सार्वजनिक गरिएको हाे।
‘द ग्रान्ड भिटारा’ सुजकीको प्रसिद्ध मोडेल हो भने यसको नयाँ संस्करणको ‘ग्रान्ड भिटारा’मा सुजकीको आफ्नै सुजुकी सिग्नेचर, क्राफ्टेड फ्युचुरिज्म डिजाइनको प्रयोग गरिएको छ जसले अरू भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार सुजकीको लेजेण्डरी एल ग्रिप टेक्नोलोजीले एसयूभीको अफ–रोड क्षमता बढाउँछ। साथै यस सेग्मेंटको पुराना र नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ। ग्रान्ड भिटाराले भारतीय बजारमै पहिलो पटक कम इन्धन खपत गर्ने फुल हाइब्रिड पावरट्रेन इन्जिन प्रयोग गरिएको छ।
‘भिटारा ब्रेजा’ नेपालकै सर्वाधिक बिक्री हुने एसयूभीको अर्काे मोडल हो। ब्रेजामा अत्यधिक प्रविधिहरूका साथै टेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ।
यस स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षाका सुविधाहरू प्रदान गर्दछ। कम्पनीले नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू भएको जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुने बताएको छ। कम्पनीले प्रतिस्पर्धी एसयूभी सेग्मेंटमा यी दुई नयाँ एसयूभीले सुजकीको उपस्थितिलाई अझै मजबुद बनाउने विश्वास लिएको छ।
सिजी होल्डिङ्सका कार्यकारी निर्देशक किरण चौधरीले भने– ‘पछिल्लाे समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ। यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ कन्डिसनहरू हो। जसका लागि एसयूभी उचित हुन सक्छन्। साथै ग्राहक वर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन्। सेगमेन्ट–फर्स्ट सुविधाहरू, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा उपयुक्त हुन सक्छन्।’
क्राफ्टेड फ्युचरिज्म डिजाइन भाषा, नयाँ नेक्स्टटिच प्रविधिहरू, नयाँ युगको पावर ट्रेनसँग र टेक्स्ट–जेन प्रविधिहरूजस्तै सुसज्जित, रंगिन हेड–अप डिस्प्ले, ३६० क्यामेरा वा वस्तु पत्ता लगाउने र गतिशील रिभर्स ग्रिड लाइनहरू, क्युआई प्रमाणित वायरलेस चार्जस एलईडी सूचक यसका प्रमुख आकर्षणहरू हुन्।


