काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन यूएई पुगेका प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति कनेलबिच भेटवार्ता भएको हो।
भेटमा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
