काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको झोलामा आगो लागेको छ। विमानमा चढ्नुभन्दा अगाडि प्रतीक्षालयमा बसिरहेका यात्रुको झोलमा आगो लागेको हो।
यात्रुको झोलामा सल्किएको आगो तत्काल नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
विमानस्थल कार्यालयका प्रवक्ता सुभाष साहका अनुसार ती यात्रुले पिठ्युँमा झोला बोकेका थिए। त्यही झोलाभित्र रहेको पावरब्यांक पड्किएर झोलामा आगो सल्किएको थियो। ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
विमानमा चढ्दा पावरब्यांक लगेजमा राख्न दिइँदैन। ह्याण्ड ब्यागमा राख्न भने पाइने व्यवस्था छ।
अहिले ती यात्रु सकुशल छन्। विमानस्थलको अवस्था पनि सामान्य छ।
भिडियो


