२०८३ कार्तिक २२ गते शनिवार

मित्रमिलन सहकारीमा ठगी : सबै सञ्चालक र वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १८
WhatsApp Image 2023-12-04 at 13.47.12

पोखरा- पोखरा नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सहकारीका सबै सञ्चालकसहित ठगीमा संलग्न भएको हुन सक्ने ३० जनाविरुद्ध कास्की जिल्ला अदालतबाट प्रहरीले आइतरबार पक्राउ पुर्जी लिएको हो।

पक्राउ पुर्जी लिएपछि उनीहरूको खोजी कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीले सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरु, पूर्व लेखासमितिका संलग्न देखिएका सदस्यका साथै कानुनी सल्लाहकार, पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदीलगायतलाई पक्राउ गर्न अदालबाट पुर्जी लिएको छ।

यस्तै नेकपा एमालेका जिल्ला सदस्य अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुलीलाई पनि पक्राउ गर्न पुर्जी लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। लम्साल प्रेस युनियन कास्कीका उपाध्यक्ष हुन् भने गिरी प्रेस चैतारी नेपाल कास्की अध्यक्ष तथा एमाले जिल्ला सदस्य र वडा नं २१ का इन्चार्ज हुन्।

संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी यसअघि नै चेक अनादर मुद्दामा पक्राउ परी हिरासतमै छन्। सहकारीको बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरु प्रहरीले कात्तिक ४ गते पक्राउ गरिएको हो।

बचतकर्ताहरुले रकम नपाएपछि दिएको निवेदनका आधारमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराले सहकारीको वित्तीय विवरण सम्बन्धमा देखिएका कैफियतहरु उपर छानबिन गर्दा यो गिरोहको संलग्नतामा सहकारीको २६ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको तथ्य भेटिएको थियो।

छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकोले पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

सहकारीका ३४ जना बचतकर्ताले कार्तिक १२ गते एकमुष्ठ रूपमा सहकारी रजिष्ट्रार कार्यालय, गण्डकीमा उजुरी दिएका थिए। सहकारी रजिष्ट्रारको कार्यालयले सहकारीविरुद्ध आवश्यक छानविन तथा कारवाही गर्न साेहि दिन जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्र पठाएको थियो।

‘पोखरा ९ मा संचालित यस कार्यालयको नियमन क्षेत्राधिकारभित्र रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३४ जना बचतकर्ताहरुले आइतबार कार्यालयमा दर्ता गर्नुभएको निवेदनको प्रति यसै पत्रसाथ संलग्न छ,’ कार्यालयमा दर्ता गर्नुभएको निवेदनको प्रति यसै पत्रसाथ संलग्न छ, ‘निवेदकहरुको माग बमोजिम सो संस्थामा आवश्यक छानविन गरी कारवाही प्रकृया अगाडी बढाउनुहुन सिफारिस साथ अनुरोध छ।’

सहकारी सञ्चालकहरुले अनुत्पादक क्षेत्र लगानी गरेको, सहकारीको मूल्य मान्यताविपरित घर जग्गामा लगानी गरेको कारण यो अवस्था आएको हो। २२ सय जनाभन्दा बढी बचतकर्ता पीडित भएको अनुमान गरिएको छ। करिब २० करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको सहकारीले नै सार्वजनिक गरेको थियो।

प्रकाशित: २०८० मङ्सिर १८ गते सोमबार ०२:३४
प्रतिक्रिया

थप समाचार

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत...

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुनर्निर्माण

काभ्रेपलाञ्चोक: प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। सो खण्डसँगै...

२८ उजुरीमाथिको सुनुवाइपछि सर्वोच्चमा सिफारिस चारै न्यायाधीशको नाम स्वीकृत

काठमाडौँ: सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित...

जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने

काठमाडौं। जलविद्युत् उत्पादनको सम्भावना र चिसो हावापानीलाई उपयोग गरेर नेपालले कृत्रिम बौद्धिकता (एआई) का लागि आवश्यक डाटा सेन्टर विकास गर्न सक्ने विज्ञहरूले बताएका छन्। विश्वव्यापी रूपमा...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना