काठमाडौँ- पार्टीका महासचिवलगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टीकाले संघर्षका कार्यक्रम घोषणा गरेको छ।
राज्यविरुद्धको कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि पार्टी आक्रोशित भएको हो।
नेकपाले १९ गते साँझ मसाल जुलुस गर्ने, २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले घोषणा गरेको छ।
काठमाडौं जिल्ला अदालतले सोमबार ३५ दिने म्याद दिँदै पक्राउ पुर्जी जारी गरेको थियो।
पार्टी महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा पक्राउ पुर्जी जारी गरेर २१ फागुन २०७७ मा सरकारले आफूसँग गरेको ३ बुँदे सहमतिको उल्लंघन भएको उल्लेख छ।
विप्लवविरुद्धको पक्राउ पुर्जीलाई पार्टीले वितण्डावादी कार्यको संज्ञा दिँदै रोक्न माग गरेको छ।


