काठमाडौँ- नेपालीलाई रूसी सेनामा पठाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
परिसरका एसपी कुमोध ढुंगेलका अनुसार नेपालीलाई रुसी सेनामा राम्रो काम दिन भन्दै भिजिट भिसामा पठाएको आरोप उनीहरूमाथि छ।
पक्राउ पर्नेमा दोर्ना दाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाली छन्।
उनीहरूले नयाँ दिल्ली हुँदै रुस पठाएको आरोप छ।
भिजिट भिसामा गएर रूसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। एक जना नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा छन्।
रुसी सेनामा गएका ६ नेपालीको मृत्यु, परराष्ट्र भन्छ- शव र क्षतिपूर्ति पठाउन अनुरोध गरेका छौँ
