२०८३ कार्तिक ११ गते मङ्गलबार

डोल्पामा टेलिफोन सेवामा पनि ‘लोडसेडिङ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

डोल्पा, मङ्सिर २०
dolpa_telecom_tower
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङमा राखिएको नेपाल टेलिकमको टावर। तस्बिरः हेमन्त केसी/रासस

डोल्पा- डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि  सास्ती खेप्नु परेको हो।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका  जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन्। मङ्सिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन्।

हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताए। एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उनको भनाइ थियो।

‘आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ,’ देवकोटाले भने।

प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ थियो। डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उनले आग्रह गरे।

रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ। त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताए।

विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उनको भनाइ थियो। रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन।

प्रकाशित: २०८० मङ्सिर २० गते बुधबार ०४:०६
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना