काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शेखर कोइरालालाई संसदीय दलकाे नेता बनाउन प्रस्ताव गरेका छन्। बुधबार बत्तिसपुतलीमा भएकाे शेखर-गगन समूहको भेलामा उनले कोइरालालाई संसदीय दलकाे नेता बनाउन प्रयास गर्नुपर्ने बताएका हुन्।
छलफलमा सहभागि एक नेताका अनुसार पार्टीमा संसदीय दलकाे नेता परिवर्तनको अपरिहार्यताबारे धारणा राखेका थिए। सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बनेको अवस्थामा पार्टीको महाधिवेशन ०८२ भित्र गर्न कठिन हुने थापाको विश्लेषण थियो। ‘देउवा नै प्रधानमन्त्री बने पार्टीको महाधिवेशन ०८२ सालमा हुन सक्दैन। त्यसकारण दलको नेता फेर्न लागौं,’ उनले भनेका थिए।
उनले आफूहरुको समूह एकतावद्ध हुन नसकेको भन्दै एकतावद्ध बनेर देउवासँग भिड्नुपर्ने मत राखेका थिए।
