काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्टले रोयल च्यालेन्जर्स बैंग्लोरलाई एक विकेटले हराएको छ। बैंग्लोर रंगशालामा २१३ रनको लक्ष्य पाएको लखानउले जवाफमा नौ विकेट गुमाएर संघर्षपूर्ण जित निकालेको हो।
लखनउलाई जित दिलाउने क्रममा निकोसल पुरनले १९ बलमा ६२ रन चट्काएका थिए। त्यस्तै मार्कस स्टोइनिसले पनि ६५ रनको योगदान दिए। खराब सुरुआतबा बाबजुद लखनउले मध्यक्रममा राम्रो प्रदर्शन गरेपछि जित सम्भव भएको हो।
बैंग्लोरका मोहम्मद रिसज र वायन पर्नेलले समान ३–३ विकेट लिए पनि लखनौंलाई रोक्न सकेनन्।
पहिलो पारीमा दुई मात्र विकेट गुमाएको बैंगलोरका लागि विराट कोहलीले ६१, फाफ डुप्लेसिसले ७९ र ग्लेन म्याक्सवेलले ५९ रन बनाएका थिए। जहाँ मार्क वुड र अमित मिश्राले समान १–१ विकेट लिए।
चार खेलबाट ६ अंक बनाएको लखनउ अहिले शीर्षस्थानमा पुगेको छ। बैंग्लोरको दुई अंक छ।
