काठमाडौँ- चिनियाँ विज्ञान प्रतिष्ठान र नेपालका कलेजबीच सहकार्य हुने भएको छ। ह्वाइटहाउस इन्जिनियरिङ कलेज र कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एन्ड अप्लाइड साइन्ससँग चिनियाँ विज्ञान प्रतिष्ठानले सहकार्य गर्ने भएको हो।
कलेजका प्रतिनिधि र चानियाँ विज्ञान प्रतिष्ठानका प्रतिनिधिबीच बेग्लाबेग्लै कार्यक्रममा आपसी सहकार्यको विषयमा छलफल गरिएको थियो। कार्यक्रममा चाइनिज विज्ञान प्रतिष्ठानका प्रतिनिधि प्रोफेसर रुइङ झाङ नेतृत्वको टोली र कलेजका प्रतिनिधि उपस्थित थिए।
शैक्षिक अनुभव आदानप्रदान, प्राविधिक सहयोग, अध्ययन अनुसन्धान, तालिमलगायतका विषयमा छलफल गरिएको कलेजका प्रतिनिधि नारायण आचार्यले जानकारी दिए।
कार्यक्रममा चिनियाँ पक्षले नेपाल र चीनको सीमानामा रहेका स्थानलाई पर्यटकीय रुपमा विकास गर्दै पर्यटन प्रवर्धन गर्ने तथा त्यस क्षेत्रको वातावरण सुधार गर्ने लक्ष्य राखेको छ। यसका साथै गौतमबुद्धको जन्मस्थान लुम्बिनी र सगरमाथाको प्रचार गर्ने लक्ष्य पनि कार्यक्रमको छ।


