२०८३ साउन १३ गते बुधबार

सोलुखुम्बुको महभिरमा ‘रक क्लाइम्बिङ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २
rock_climbing

महभिर (सोलुखुम्बु)- सोलुखुम्बुको उत्तरी क्षेत्र माप्य दूधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको छ।

रक क्लाइम्बिङमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न माप्य दूधकोशी गाउँपालिका वडा नं ५ महभिरमा ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको हो। नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)को सहकार्यमा निर्माण गरिएको उक्त ‘रक क्लाइम्बिङ सेन्टर’ आज विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकिर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरे।

रक क्लाइम्बिङ सेन्टरको शुभारम्भ गर्दै विश्वकिर्तिमानी आरोही शेर्पाले नेपालमा थुप्रै डाँडाहरु रक क्लाइम्बिङका लागि उत्कृष्ट भएको बताए। ‘नेपालका डाँडाहरुलाई विश्वमा बेच्न सके पर्यटन क्षेत्रमार्फत नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भने।

कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बु पर्यटकका लागि राम्रो सम्भाव्यता बोकेको जिल्ला भएकाले यसको विकासका लागि केन्द्रदेखि प्रदेश हुँदै स्थानीय सरकार लाग्नुपर्ने बताए।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोलाले पछिल्लो समय स्थानीय तहले जथाभावी मोटर बाटो खन्दै जाँदा पदमार्ग हराउँदै गएको बताए। सोलुखुम्बुमा पर्यटकलाई आकर्षण गर्न प्रकृति र संस्कृतिलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए।

माप्य दूधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले सडक बाटो हुँदै सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकलाई रक क्लाइम्बिङप्रति आकर्षण गर्ने उदेश्यले ‘रक क्लाइम्बिङ सेन्टर’ स्थापना गरिएको बताए। उनले उक्त ‘रक क्लाइम्बिङ सेन्टर’लाई अन्तर्राष्ट्रिय तालिम सेन्टरका रुपमा विकास गर्न गाउँपालिका लाग्ने बताए।

टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले विभिन्न स्थानीय सरकारसँग मिलेर नयाँ पदमार्ग खोज्दै त्यसलाई ‘ब्राण्डिङ’ गर्न लागेको बताए। सो अवसरमा विभिन्न रक क्लाइम्बरहरुले रक क्लाइम्बिङ गरेका थिए।

माप्य दूधकोशी गाउँपालिकाले तीन दिन पहिले मात्र उक्त गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी शुभारम्भ गरेको थियो। उक्त पदमार्ग चार रात ५ दिनको रहेको छ।

प्रकाशित: २०८० पुस २ गते सोमबार ०१:२१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना