काठमाडौँ- सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिकालाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
बुधबारकै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्नेसमेत निर्णय गरेको छ।
निर्वाचनमा अल्पसंख्यक क्लस्टर पनि समावेश भएकाले त्यसको परिभाषा प्रष्ट गर्ने काम बैठकले गरेको हो।
यसैगरी, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने निर्णय भएको छ।
बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको छ।


