काठमाडौँ- भाइबरले आफ्नो च्याटबटमार्फत नेपालको बस टिकटिङ सेवा प्रदायक बस सेवाबाट टिकट काट्दा सय जनालाई क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ।
अफरमा नेपालका कुनै पनि गन्तव्यका बस टिकट काट्दा भाग्यशाली सय जनाले शत प्रतिशत क्यासब्याक पाउनेछन्।
यो अफर पुस १६ गतेसम्म सञ्चालन हुनेछ। योसँगै बस सेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबर मार्फत प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन्।
बससेवा र भाइबरबिचमा केही महिना अगाडी मात्र साझेदारी भएको थियो।
बससेवा नेपालको बस टिकटिङ संस्था हो। यसबाट नेपालका कुनै पनि गन्तव्यमा अनलाइन मार्फत टिकट काट्न सकिन्छ।


