काठमाडौँ- यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्याक उपलब्ध गराएको छ।
खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्याक उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले उपलब्ध गराएको र्याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ।
