काठमाडौँ– बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको छ। ब्राजिलमा लन्च भएको ६ महिनामै बीवाईडी डल्फिनले यो उपलब्धि हासिल गरेको हो।
बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ।
बीवाईडीका अध्यक्ष टाइलर लीले बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि गेमचेन्जर भएको बताए।
‘इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण र आरामदायक छ,’ उनले भनेका छन्, ‘यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो।’
नोभेम्बरदेखि डिसेम्बरसम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। बीवाईडी डल्फिनले अटो ईस्पोर्ट म्यागजिनबाट २०२४ कार अफ द इयर, यूओएल कारोस अवार्ड अन्तर्गत हाइलाइट अफ द इयर इलेक्ट्रिक कार, ट्रेन्ड कार २०२३, पर्चेस अफ द इयर २०२४ लगायतका विभिन्न पुरस्कार प्राप्त गरेको छ।
सेप्टेम्बर देखि नै बीवाईडी डल्फिन सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्युतीकरणप्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।


