२०८३ साउन १३ गते बुधबार

बालेनलाई गृहमन्त्रीको जवाफ: बल प्रयोग गर्न अनुरोध मात्रै गरेर हुँदैन, औचित्य पुष्टि हुनुपर्छ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २७
narayankaji
फाइल फोटो

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लगाएको संघीय सरकारलाई लगाएको आरोपको खण्डन गरेका छन्। मेयर शाहले संघीय सरकारले आफ्ना काममा सहयोग नगरेको आरोप लगाउँदै सोमबार बिहान लामो स्टाटस लेखेपछि उपप्रधानमन्त्रीले त्यसको खण्डन गरेका हुन्।

चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहसँग समन्वय गरी काम गर्न तयार भएपनि सहयोग गर्नका लागि औचित्य पुष्टि हुनुपर्ने बताएका हुन्। मेयर शाहका कतिपय विषयले औचित्य पुष्टि गर्न नसकेकाले सहयोग नगरिएको गृहमन्त्रीसमेत रहेका श्रेष्ठको भनाइ छ। यद्यपि उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अघि प्रतिबद्धता भने व्यक्त गरेका छन्।

सिंहदरबारले समस्याको चाङ देखोस् भनेर फोहोर नउठाइएको हो

‘काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भनेका छन्, ‘स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन। यसबारे मैले महानगरका मेयरलाई प्रस्ट भनेको छु।’

आफूले गर्न लागेका कामको औचित्य पुष्टि गर्न आफूले मेयर बालेन्द्रलाई आग्रह गरेको उनको भनाइ छ। स्थानीय सरकारका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए तथ्यसम्मत भएको पुष्टि गर्नुपर्ने उनको धारणा छ। ‘हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी उहाँले तथ्य दिनुपर्छ,’ पत्रकारसँग गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्नुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो।’

बालेनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिर पोस्ट गर्दै मेयर बालेनले सिंहदरबारले कुनै सहयोग नगरेको आरोप लगाएका थिए।

फेरि किन ‘फायर’ भए बालेन?

प्रकाशित: २०७९ चैत २७ गते सोमबार १०:४६
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना