काठमाडौं- फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ। सोमबार एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार ५७ लाख रुपैयाँ (१५ सिटर)को मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुविधा प्रदान गर्ने छ।
फोटोनले गाडीको स्थायित्वका लागि तीन लाख किमी वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ। हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर फराकिलो भित्री भाग र आरामदायी सवारीको लागि फुल एसी रहेको छ।
कम्पनीका अनुसार यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ।
‘फोटोन हाई रुफ ईभी भ्यान यस सेग्मेन्ट अन्तर्गत, यसको उन्नत प्रविधिको लागि मात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रुहरू दुवैका लागि अतुलनीय आरामको सुनिश्चितताका लागि पनि विशिष्ट रहेको छ।
यसको कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न पनि सघाउँछ। भ्यानलाई नेपालको मालिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको छ।’ फोटोन नेपालका बिक्रीप्रमुख नवीन आचार्यले भने।
एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालका अनुसार फोटोन निर्माता मात्र हैन नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट हो।
उनले भने ‘फोटोनले नेपाल भरका ईभी चार्जिङ स्टेशनहरूमा सक्रिय रूपमा लगानी गरिरहेको छ। नेपालको समृद्ध जलस्रोतलाई मान्यता दिँदै पेट्रोल र डिजेलमाथिको कम निर्भरताले मुलुकको समग्र आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने छ।’
