२०८३ साउन १३ गते बुधबार

भेडेटार-राँके सडक : धनकुटामा काम धमाधम, इलाम-पाँचथरमा सुस्त

 |  रासस
Sanket

रासस

काठमाडौँ, पुस १८
rabi_ranke

भेडेटार- वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रवि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ। धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १००.३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ। उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ।

यस्तै इलाम-पाँचथर खण्डको राँकेबजार-घुर्बिसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ। भेडेटार–रवि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ।

‘पछिल्लो १० महिनामा मात्रै हामीले निर्माणमा २७ प्रतिशत प्रगति हासिल गरेका हौँ,’ रजकले भने, ‘यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो। सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेदेखि यो सडक निर्माण सुरु भएको थियो।

भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो।तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लोपटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैँले आयोजनालाई अघि बढाइरहेको छ।यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाएपछि निर्माणले गति लिएको हो।यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उनको भनाइ छ।

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रजकले बताए।

‘अहिलेको गति कायम राख्न सके निर्माण सम्पन्न गर्न धेरै लामो समय लाग्दैन,’ उनले भने, ‘विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका रहेछन्।’

उनका अनुसार हालसम्म आयोजना निर्माणमा चारपटक म्याद थप भएको छ।पछिल्लोपटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ।

निर्माणमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करिब तीन सय ५० जना कामदार खटिएका छन्।यहाँ डिभीएसटी प्रविधिबाट कालोपत्र गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदामात्रै सम्भव हुने भएकाले कालोपत्रको काम भने मौसममा आधारित हुने रजकको भनाइ छ।

‘यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रमा ढिलाइ हुन्छ।तर अहिले हामीले ग्रेड, सवबेस र बेसको काम सँगसँगै गरिरहेका छौँ,’ रजकले भने, ‘ग्राभेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख हुँदैन। आउँदो वर्षायाममा सडकको समस्या हटाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु।’

सबै क्षेत्रमा एकैसाथ निर्माण हुन नसक्दा सेवाग्राही भने ढुक्क देखिँदैनन्।सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माणले गति लिएकामा खुसी छन्।

‘अहिले देखिएको प्रगतिलाई निरन्तरता दिनुहुन म निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गर्छु,’ मगरले भने।

तर पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्र हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताउँछन्।

‘कालोपत्रे हुने भनेको यत्तिका समयमा पनि यहाँ कुनै काम हुनसकेको छैन।वर्षा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउँछ,’ राईले भने।

यो सडक धनकुटामा ४५ दशलमव ३९ किमी, पाँचथरमा ३० दशलमव १८ किमी, इलाममा २२ दशलमव १९ र इलाम–पाँचथर सीमामा २.६ किमी पर्छ। उच्च पहाड हुँदै निर्माणाधीन सडक वर्षा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ।

कुल तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा १०० दशलमव ३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ।

पछिल्लोपटक सडकको स्थलगत अवलोकन गर्नुभएका पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङका अनुसार निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्राभेल सम्पन्न गर्न आग्रह गरिएको बताउँछन्।

‘काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास छैन।सबै खण्डमा काम थालेर वर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको छ,’ नेम्वाङले भने।

प्रकाशित: २०८० पुस १८ गते बुधबार ०५:०१
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ: सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७)...

राष्ट्रिय यातायात नीति जारी: सार्वजनिक यातायातलाई पूर्ण विद्युतीय बनाउने

काठमाडौँ: सरकारले मुलुकको यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाउने उद्देश्यका साथ राष्ट्रिय यातायात नीति, २०८३ जारी गरेको छ। मन्त्रिपरिषद्को गत असार २४ गतेको बैठकले स्वीकृत...

भदौदेखि नयाँ बजार व्यवस्थामाथि छलफल हुने, सेबोनले नियमावली तयार गर्दै

बोर्डका अनुसार यी विषयसँग सम्बन्धित नियम, निर्देशिका तथा परामर्शपत्र साउनभित्र तयार गरिने लक्ष्य राखिएको छ। त्यसपछि भदौ महिनादेखि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी तथा अन्य...

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना