काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो।
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेताहरू निरन्तर छलफलमा छन्। बुधवार प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि शीर्ष नेताहरूले छलफल गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि सीट दिएर जानुपर्ने प्रस्ताव राखेपछि गठबन्धनमा केही असन्तुष्टि बढेको छ। एमालेको खाली ९ सिट कसरी मिलाउने भन्नेमा दलहरू अहिले छलफलमा छन् ।
राष्ट्रियसभामा एमालेलाई के गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल हुने बुझिएको छ ।


