२०८३ कार्तिक २३ गते आईतबार

देशलाई खोक्रो पार्ने चलनमा व्यापक हेरफेर र सुधार गर्नै पर्छ : ज्ञानेन्द्र शाह [सम्बोधनको पूर्णपाठ]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १९
gyanendra1
फाइल तस्बिर।

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खोक्रो पार्ने चलन विकास भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो चलनचल्तीलाई व्यापक हेरफेर र सुधार गर्नुपर्ने समेत बताएका छन्।

बिहीबार भैरहवामा अभिनन्दन ग्रहण गर्दै ज्ञानेन्द्रले यस्तो बताएका थिए। ‘नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’  उनले भने, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।’

यस्तो छ पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठः

श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट

भैरहवामा बक्सेको सम्बोधन

उपस्थित महिला तथा सज्जनवृन्द,

पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ। आयोजक–प्रबन्धकर्ता सबैमा धन्यवाद।

नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश – सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश। अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश। यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति – मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ – कताकता आफै हारिरहेकाछौँ।

म जता जाउँ जहाँ पुगौं – जनआवाज उठेको सुन्छु – मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ – देशको सभ्यता र समृद्धि बढाउ। यहाँ खडा भएर म भन्दछु – म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु। म कतै अन्त गएको छैन – सदा सदा नेपालीका साथमा छु – नेपालभित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।

समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन। देश सुहाउँदो र बलियो आविष्कारहरुमार्फत अगाडि बढ्नुपर्छ। तर, आज देश जर्जर भएको छ। बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति विदेशिएको छ। देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त हुनु पर्दछ। देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ। देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ।

राष्टिय उत्साह प्रतिभाको महान निवास हो। वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने – अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ। हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ – हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ। हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन।

सदाचारी राजनीतिको युग बितिसकेको छ। हामी चिसो बहानामा बाँचिरहेका छौँ। नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ – नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन्। त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ – त्यो हामी आफैले तय गर्ने विषय हो। हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ।

त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ। देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो।

हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ। हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ।

विगतको सबै दुःख बिर्सिदिऔँ,

मायाले मायालाई भरिदेऔँ,

घृणाको आगोलाई कर्त जलाइदिऔँ,

पहिले यो आगोलाई मिलेर निभाइदेऔँ,

भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,

अब भाचिएको टुक्राहरु जोडीदिऔँ,

उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,

पहिले अन्याय अत्याचार मुक्त गरिदेऔँ,

अनुहार फेरि फेरि षडयन्त्र नगर,

त्यस्ताको चालबाट आफूलाई बचाइदेऔँ

सबैमा फेरि एकपटक हाम्रो धन्यवाद,

जय नेपाल
भैरहवा
२०८० पुष १९ गते

प्रकाशित: २०८० पुस १९ गते बिहिबार ०६:२८
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना