काठमाडौँ- बीवाईडीले सन् २०२३ मा ३० लाखभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको छ। बीवाईडीले गत वर्ष सन् २०२३ को अन्त्यसम्ममा ३० लाख २४ हजार ४१७ युनिट विद्युतीय गाडी बचेको जानकारी दिएको छ।
यो गत वर्षभन्दा ६० प्रतिशतले बढी भएको बीवाईडीको भनाइ छ। कम्पनीका अनुसार वर्ष २०२२ मा पनि बीवाईडीले विद्युतीय गाडीको क्षेत्रमा रेकर्ड बनाएको थियो। उक्त वर्ष १८ लाख ६० हजार विद्युतीय गाडी बिक्री भएको थियो।
हालसम्म विश्वबजारमा बीवाईडीका ६० लाखभन्दा बढी गाडी गुडिरहेको कम्पनीको भनाइ छ। सन् २०२३ मा मात्र कम्पनीले कुल उत्पादको ४५ प्रतिशतभन्दा बढी गाडी बनाएको जानकारी बीवाईडीले दिएको छ।
बीवाईडीले विद्युतीय गतिशीलता र कार्बन फुटप्रिन्ट घटाउने लक्ष्य, विश्व जलवायुमा आएको परिवर्तनसँग भिड्ने र कार्बनको उत्पादन घटाउने प्रयासहरुलाई समर्थन गर्दै आएको दाबी गरेको छ।


