काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा आपसी भागबन्डा मिलाउन आज पनि बैठक बस्ने भएको छ। शनिबार नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल रिसाएर हिँडेपछि बैठकले भागबन्डा टुङ्गो लगाउन सकेको थिएन।
अध्यक्ष नेपालले ३ सिट माग गरेपछि बैठक टुङ्गोमा पुग्न नसकेको हो। नेपाललाई गण्डकी र बागमतीमा भाग दिने मनसाय सत्ता गठबन्धनका अन्य दलको छ। नेकपा एस बाहेक अन्य दलहरूले सिटको भागबन्डा गरेका छन्।
सुदूरपश्चिममा महिला माओवादी र पुरूष कांग्रेसको भागमा परेको छ। लुम्बिनीमा महिला कांग्रेसलाई र पुरूष माओवादीले पाउने छ। यस्तै कोशीमा महिला माओवादी र पुरूष कांग्रेसलाई दिने गरी भाग लगाइएको छ।
सहमति अनुसार मधेसमा महिला जसपाले पुरूष र कांग्रेसले महिला सदस्य पाउने छ। माधव नेपालले तीन सिटमा दावी गरेका छन्। तर कांग्रेस र माओवादीले दुई सीटमात्र दिन सकिने बताइरहेका छन्। कांग्रेसले १० सिट र माओवादीले ५ सिट पाउने आपसी सहमति भएको छ।


