काठमाडौं– नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा निर्वाचित भएका छन्। संघको २४ औं वार्षिक साधारण सभाले थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो।
यस्तै प्रथम उपाध्यक्ष्मा अजय शाक्य, द्धितिय उपाध्यक्ष मा पकजलाल प्रधान निर्वाचित हुँदा महासचिवमा कृष्णप्रसाद घिमिरे चयन भएका छन्। यस्तै सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा साजन श्रेष्ठ निर्वाचित भएका छन्।
सदस्यमा अरुणकाजी स्थापित, रोशन रेग्मी, सन्तोष सिलवाल गिरी, दिपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिष अधिकारी र प्रभात रिमाल निर्वाचित भएका छन्।


