२०८३ कार्तिक १४ गते शुक्रबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले भन्यो– संस्थागत सुशासनमा प्रतिबद्ध छौं

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २३
surya_jyoti

काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थागत सुशासनमा प्रतिबद्ध रहेको बताएको छ। कम्पनीले सोमबार विज्ञप्ति जारी कम्पनी संस्थागत सुशासनमा प्रतिवद्ध रहेको जनाएको हो। केही मिडियाहरूले सुनियोजित तवरले श्रृंखलाबद्ध फरक–फरक शीर्षक राखी समाचार प्रकाशित गरेर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर प्रयास गरेको भन्दै इन्स्योरेन्सले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

‘आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ,’ विज्ञप्तीमा भनिएको छ, ‘कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको साथै नेपाल सरकारका अन्य नियामक निकाय कम्पनि रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल स्टक एकस्चेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलगायत सबै सरोकारवाला नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रही सो निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको व्यहोरा जानकारी गराउँदछौं ।’

कम्पनीले केही मिडियाले आधारहिन समचार लेखेको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेको छ। ‘केहि सिमित मिडियाहरूमा प्रकाशित समाचारहरू तथ्यहिन, आधारहिन र कपोलकल्पित रहेको र गलत आरोप लगाएर लाखौं बिमित, लाखौं शेयरधनी र हजारौं अभिकर्ताहरूको विश्वास जित्न सफल सूर्यज्योति लाइफ प्रति आम जनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको र यस्ता आधारहिन समाचारको पछि नलागी पुर्ण रूपमा निर्धक्क भई दृढ विश्वास राखी विगतमा झैँ कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न र अन्य सेवासुविधा लिनुहुन सबैलाई हार्दिक आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘कम्पनीसँग सम्बन्धित यहाँहरूको कुनै सुझाव वा गुनासो भएमा नजिकको शाखा कार्यालय वा कम्पनीको इमेल मार्फत उपलब्ध गराइदिनुहुन समेत अनुरोध गर्दछौं । साथै हामीलाई विश्वास गरेर सूर्यज्योति लाइफको साख एवं श्रीवृद्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हामीसँग आवद्ध सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।’

प्रकाशित: २०८० पुस २३ गते सोमबार ०२:३९
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना