काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले सर्लाहीको मलंगवा नगरपालिका–८, मलंगवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा शाखा सञ्चालनमा ल्याएको हो।
यी दुई शाखाले सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउन सुरु गरिसकेको जनाइएको छ।
बैंकले हाल देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिसकेको जनाएको छ। हाल बैंकले देशभर तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउन सहगोग गर्दै आइरहेको छ।


