काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८०को नयाँ बोनसदर सार्वजनिक गरेको छ।
कम्पनीको आर्थिक वर्ष २०७९/८०को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई नाफामा सरिक हुने गरी जारी बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो।
कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ बोनसदर तोकेको छ।
यस्तै १० वर्षदेखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६७ रुपैयाँ र ३० वर्ष वा सो भन्दा बढी अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको जानकारी दिइएको छ।



