काठमाडौं – जारी सहिद स्मारक ए डिभिज लिगको ५१ औं खेलमा पहिलो ह्याट्रिक भएको छ। डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबका ओलावाले आफिजलेको यो लिगमा पहिलो ह्याट्रिक गर्ने श्रेय पाएका छन्।
उनले दास्रो हाफको ५६ औं मिनेटमा खुमलटारविरुद्ध पेनाल्टीमार्फत् गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। आफिजले खेलको पहिलो हाफमा नै दुई गोल गरिसकेका थिए।
उनले २४ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। खुमलटारका डिफेन्डरलाई छलाउँदै उनले निकै चलाखिपूर्ण प्रहार गरेर गोल गरेका थिए।
पहिलो गोल गरेको चार मिनेटमै अग्रता दोब्बर बनाए। २८ औं मिनेटमा अफिजले नै विपक्षी टिमका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए। पहिलो हाफमा विमल घर्ति मगरले सुन्दर गोल गरेसँगै मछिन्द्र क्लब पहिलो हाफमै ३–० ले अघि थियो।
त्यसपछि आफिजले खेलको ५६ औं मिनेटमा ह्याट्रिक गरेर अग्रतालाई ४–० मा पुर्याएका थिए। यो अग्रता जारी लिगमा अहिलेसम्मकै सबैभन्दा लामो हो। त्यस्तै उनले ६२ औं मिनेटमा अर्को गोल थपेका थिए भने खुमलटारले एक गोल फर्काएको छ।


