काठमाडौं – जारी सहिद स्मारक ए डिभिज लिगको ५१ औं खेलमा पहिलो ह्याट्रिक मात्र भएन लिगकै सबैभन्दा धेरै गोलसमेत भएको छ। डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबका ओलावाले आफिजलेको यो लिगमा पहिलो ह्याट्रिक गर्ने श्रेय पाएका छन्। उनले खेलमा पाँच गोल गरेसँगै मछिन्द्रले लिगमा आफ्नो तेस्रो जित निकालेको छ।
खेलमा मछिन्द्रले ७–३ को जित निकाल्दा विजय भुजेल र विमल घर्ति मगरले समान १–१ गोल गरेका थिए। मछिन्द्रको यो जित लिगमा सबैभन्दा फराकिलो जितसमेत हो। यसअघि कुनै टिमले पनि चार गोलअन्तको जित निकाल्न सकेको थिएन।
प्रशिक्षक किशोर कुमार केशी ले प्रशिक्षण सम्हालेपछि मछिन्द्र क्लबले लयमा फर्किएको संकत दिएको छ। लगातार दुई वर्ष लिग जितेको क्लबले यो सिजनमा खराब सुरुआत गरेको थियो। र, उसले अहिलेसम्म दुई हार बेहोरिसकेको छ भने तीन खेलमा बराबरीको सामना गरिसकेको छ। त्यसैकारण क्लबले तीन दिन अघि मात्र नयाँ प्रशिक्षक चयन गरेको थियो। उनको प्रशिक्षणमा मछिन्द्रले तीन दिनमा नै दुई खेल खेलेको थियो।
यि दुवै खेलमा उसले जित निकालेको छ। यसअघिको खेलमा उसले संकटालाई २–० ले हराएको थियो।
आज, ओलावालेले दास्रो हाफको ५६ औं मिनेटमा खुमलटारविरुद्ध पेनाल्टीमार्फत् गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए। आफिजले खेलको पहिलो हाफमा दुई गोल गरे भने बाँकी तीन गोल दोस्रो हाफमा गरे।
उनले २४ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। खुमलटारका डिफेन्डरलाई छलाउँदै उनले निकै चलाखीपूर्ण प्रहार गरेर गोल गरेका थिए।

पहिलो गोल गरेको चार मिनेटमै ओलावालेले अग्रता दोब्बर बनाए। २८ औं मिनेटमा अफिजले विपक्षी टिमका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयमा विमल घर्ति मगरले सुन्दर गोल गरेसँगै मछिन्द्र क्लब ब्रेक समयमै ३–० ले अघि थियो। त्यसपछि आफिजले खेलको ५६ औं मिनेटमा ह्याट्रिक गरेर अग्रतालाई ४–० मा पुर्याएका थिए। यो अग्रता जारी लिगमा अहिलेसम्मकै सबैभन्दा लामो थियो। तर त्यसपछि खेल निकै रोमाञ्चक मुडमा पुगेको थियो। जहाँ ओलावालेले नै ६२ औं मिनेटमा र ६७ औं मिनेटमा अर्को दुई गोल थपेका थिए। आन्द्रेस नियाले ६७ औं मिनेटमा बायाँ साइडबाट दिएको लामो पासमा ओलावालेले हेडर गर्दै गोल गरेका थिए। यो गोल मछिन्द्रको छैटौं गोलसमेत थियो।
त्यसबीचमा खुमलटारले एक गोल फर्काएको थियो। खेलको ६२ औं मिनेटमा स्टेफेन बिनोङले दिएको पासमा मोसुको ओलुमेउले दोस्रो बारतर्फ प्रहार गदैै गोल गरेका थिए। त्यस्तै, खेलको ७६ औं मिनेटमा खुमलटारले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा स्टेफेन विनोङले गोल गरेर खेललाई ६–२ मा पुर्याएका थिए।
त्यसको ६ मिनेटपछि मेसुकेले बक्स बाहिरबाट सानदार गोल गरे। उनले दोस्रो बारतर्फ प्रहार गर्दै गोल गरेका थिए। यससँगै खेलमा नौं गोल पुरा भएको थियो।
तर गोल गर्ने क्रम रोकिएन। खेलको निर्धारित ९० मिनेट सकिनुभन्दा दुई मिनेट अघि मात्र मछिन्द्रका विजय भुजेलले पनि मैदानको दायाँ साइडबाट गोल गरे। खुमलटारको गोलकिपरबाट आएको बल खोस्दै विजयले पहिलो बारमा निकै सुन्दार गोल गरेका थिए।
जारी ए डिभिजन लिगमा यो सबैभन्दा धेरै गोल भएको खेलसमेत हो। यसअघिको आर्मी र सातदोबाटोको खेलमा ३–३ गोलको बराबरी भएको थियो। त्यस्तै संकटाले पनि पुलिससँग ३–३ को बराबरी गरेको थियो। तर आज गोलको संख्या दोहोरो नम्बरमा पुगेको छ।


