काठमाडौं– ट्रुडर्मा र ट्रुमीले आफ्ना विक्रेताका लागि नयाँ स्कीम घोषणा गरेको छ। कम्पनीले आफ्ना उत्पादन बिक्री गर्नेहरुलाई दुबई र बैंकक घुमाउन लैजाने भएको हो। ७ लाख बराबरको उत्पादन बिक्रि गर्नेलाई बैंकक र ८ लाख बराबरको उत्पादन बिक्रि गर्नेलाई दुबई लैजाने योजना कम्पनीले बनाएको छ। यस्तै १५ लाख बराबरको उत्पादन गर्ने जोडीलाई पनि दुुबई भ्रमणमा लगिने ट्रु ड्रमा एसएका अध्यक्ष सुशान्त मुररकाले जानकारी दिए।
‘बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेका छौं। बिक्रेताको चाहाना बुझेर हामीले यो स्किम ल्याएका हौं,’ मुरारकाले भने। ट्रु ड्रमाका मेडीकल र ननमेडीकल स्कीन केयरका उत्पादनहरु बजारमा उपलब्ध छन्।
नेपाली बजारमा आधिकारिक रुपमा १७ प्रकारका ट्रु–मी का हेयर–केयरका उत्पादन उपलव्ध छन्। ट्रु–मीका हेयर–केयर र स्कीन केयरका सामग्रीहरु सबै प्रकारका केश तथा छालाका लागि उपयुक्त र प्रभावकारी रहेकोे कम्पनीको भनाइ छ।
यी हुन् बजारमा उपलब्ध उत्पादन
क्रेराटिन हेयर सिरम, हेयर फल कन्ट्रोल स्याम्पु, क्रेराटिन हेयर स्ट्रेट्रिङ्क, हेयर ब्लीज पाउडर, डेपल्पर, हेयर टिट्मेन्ट स्पा, हेयर वाक्स, गोल्ड एन्ड हनी कलेक्सन (फेस स्कृब, फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), ओवाटोन पपया कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), मिक्स फ्रुट्स कलेक्सन (फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क), डायमन कलेक्सन (फेस स्क्रब,फेस प्याक, फेस फेसियल कृम, फेस जेल, फेस क्लजीङ मिल्क), स्किन ह्वाईटनिङ्ग प्रोड्क्ट ( फेस स्कृब,फेस प्याक, फेस फेसियल क्रिम, फेस जेल, फेस क्लजीङ मिल्क) र रोज फेस टोनर लगायत।


