काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपिएल) मा लिल्ली क्यापिटलविरुद्ध मुम्बइ इन्डियन्सले अन्तिम बलमा जित निकालेको छ। १७३ रनको लक्ष्य पाएको मुम्बइले चार विकेट गुमाएर २० औं ओभरको अन्तिम बलमा ६ विकेटको जित निकालेको हो।
पहिलो पारीमा ब्याटिङ गर्दै अक्षर पटेलले ५४ र डेबिड वार्नरले ५१ रन बनाए पनि दिल्लीले दुई बल बाँकी रहँदै सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। उतिबेला मुम्बइका जसोन बेहरेन्डेर्फ र पियुस चावलाले समान ३–३ विकेट लिएका थिए।
जवाफमा मुम्बइले चार विकेट मात्र खर्चिएर जित निकाल्यो। जितका लागि रोहित शर्माले ६५ रन बनाए। उनी प्लेयर अफ दि म्याच समेत भए। दिल्लीका मुकेश वर्माले दुई विकेट गिराएका थिए।
गएरातिको जितसँगै मुम्बइले पहिलो दुई अंक जोडेको छ। दिल्ली भने चौथो खेलसम्म पनि अंकविहिन नै छ।
आईपिएलमा आज चेन्नई सुपर किंग्सले राजस्थान रोयल्को सामना गर्नेछ।


