२०८३ कार्तिक १६ गते आईतबार

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ स् अध्यक्ष लिङ्देन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १०
rajendra

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन्।

सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष लिङ्देनले भने, ‘मुलुकमा एकपछि अर्को गरी समस्या बढ्दै गएका छन्, जनतामा निरासा थपिँदो छ, अर्थतन्त्रको अवस्था भनिएजस्तो सुधार नभएकाले व्यवसायी पलायन भइरहेका छन्, देशबाट युवा पलायन रोक्न सकिएको छैन। त्यसैले सबै समस्याको समाधानका लागि मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ।’

जनताका समस्या जहाँको त्यहीँ रहेका र देशले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने अध्यक्ष लिङ्देनको तर्क थियो। अर्को एक प्रसङ्गमा उनले राप्रपा जनताका यिनै समस्याको निकास खोज्नका लागि आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी पनि दिए।

महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने र सो आन्दोलन शान्तिपूर्ण र जनताका पक्षमा हुने अध्यक्ष लिङदेनले बताए। उनले अरु राजनीतिक दलसँगको सहकार्यमा नभई राप्रपाले अहिलेका जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताए।

अध्यक्ष लिङ्देनले राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट गरे। उनले भने, ‘राप्रपा अब पछि फर्किने अवस्थामा छैन र पहिलेको जस्तो राजतन्त्र खोजेको पनि होइन। देशमा अभिभावकीय भूमिकामा मात्र सीमित रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको छ। यो हाम्रो पुरानै अडान हो।’

राजा हुनासाथ त्यहाँ प्रजातन्त्र हुँदैन भन्ने भाष्य निर्माण गर्न नहुने भन्दै अध्यक्ष लिङदेनले राजतन्त्र रहेका संसारका कैयौँ देशमा पूर्ण प्रजातन्त्र रहेको र राप्रपा पनि संविधानले निर्दिष्ट गरेको भूमिकामा आलङ्कारिक भूमिकाका राजाको पक्षमा रहेको धारणा राखे।

प्रकाशित: २०८० माघ १० गते बुधबार ०६:०४
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना