काठमाडौं- नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधि बनाएर खटाएको हो। ८ जिल्लामा भने प्रतिनिध चयन गर्न बाँकी रहेको कांग्रेसले जनाएको छ।
माघ १३ गतेबाट २६ गतेसम्म कांग्रेसको पहिलो चरणको अभियान सञ्चालन हुँदैछ। अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ भने माघ १६ गते सहिद दिवसको अवसरमा अभियान उद्घाटन हुनेछ। माघ २६ गते सुशील कोइराला स्मृति दिवसमा अभियान समापन हुनेछ।


