धनगढी- नेकपा माओवादी केन्द्र संसदीय दलको नेताबाट खगराज भट्ट हटेका छन्।
माओवादीबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका बहुमत सांसदले भट्टलाई प्रदेश संसदीय दलको नेताबाट हटाएका हुन्।
माओवादीका बहुमत सांसद भट्टको विपक्षमा उभिएका थिए।
भट्टलाई हटाएर माओवादी सांसदले मानबहादुर धामीलाई दलको नेता चयन गरेका छन्।
माओवादी केन्द्रका बहुमत प्रदेश सदस्यको शुक्रबार धनगढीमा बैठक बसेको थियो।
बैठकले दलको नेताबाट भट्टलाई हटाएर धामीलाई चयन गर्ने निर्णय गरेको बैठकमा सहभागी माओवादीका सांसद लक्ष्मी विकले जानकारी दिए।
सुदूरपश्चिममा वनमन्त्रीको अनुभव लिएका धामी दार्चुलाबाट निर्वाचित भएका हुन्।


