काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको धर्म देश र भुइँ मान्छेको हित भएको बताएको बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै उनले कांग्रेसको प्राथामिकता ०८४ को निर्वाचन र सरकारमा बस्नुमात्र नभएको बताएका हुन् ।
निर्वाचनको जित हार कांग्रेसका लागि सामान्य पक्ष भएको बताउँदै उनले कांग्रेसको धर्म देशको हित गर्नु र भुइँमा बसेको मान्छेलाई माथि उठाउनु रहेको बताए।
‘०८४ को निर्वाचनको बारेमा सोच्छौँ जित हार सामान्य पक्ष हो। कांग्रेसको धर्म यो देशको हित गर्नु हो । भुइँमा बसेके मान्छेलाई माथि उठाउनु हो। यो धर्म निर्वाह गर्दा सरकामा बसौँला नबसौँला फरक र सामान्य कुरा हो,’ उनले भने।
महामन्त्री थापाले भोलिबाट कांग्रेस समुदायमा जाने पनि बताए । साथै उनले सहिद दिवसको दिन काठमाडौंमा नेताको घरमा कार्यक्रम नहुने भन्दै सबै क्रियाशील सदस्यलाई वडामा हुने कार्यक्रममा पुग्न निर्देशन पनि दिए ।


