काठमाडौं- नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान प्रभावकारी बनाउन ६६ जिल्लामा १३ नेता परिचालन गरेको छ। एउटा जिल्लाका नेतालाई अर्को जिल्लामा खटाइएको छ।
नेताहरूलाई २ जिल्लादेखि ८ जिल्लासम्मको जिम्मेवारी दिइएको छ।
‘समुदायमा कांग्रेस’ अभियान माघ १३ गते सुरु भइसकेको छ। यो अभियानमा केन्द्रीय प्रतिनिधि यसअघि नै परिचालित भइसकेका छन्। एउटा समुदायको नेतालाई अर्को समुदायमा पुग्ने गरी जिल्ला तोकिएको छ। हिमाली र भूकम्प प्रभावित गरी ११ जिल्लामा भने कांग्रेसले यो अभियान राखेको छैन।
कुन जिल्लामा को?
डा. शेखर कोइरालालाई झापा र सुनसरी
डा. नारायण खड्कालाई संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा
बलबहादुर केसीलाई मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर
पूर्वउपसभापति प्रकाशमान सिंहलाई महोत्तरी, सिरहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुर
महालक्ष्मी उपाध्याय ‘डिना’लाई बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवन
डा. मिनेन्द्र रिजाललाई काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा
पुष्पा भुसाललाई ललितपुर, भक्तपुर, रामेछाप र दोलखा
महेन्द्र यादवलाई तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर
प्रदीप पौडेललाई कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ
विमलेन्द्र निधिलाई रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा
डा. डिला संग्रौलालाई कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासी
पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दैलेख, सल्यान र सुर्खेत
भीष्मराज आङ्देम्बेलाई कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कंचनपुर
केन्द्रले तोकेका नेतासँगै प्रदेश तहका नेता पनि संलग्न हुनेछन्। टोली माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहने कांग्रेसले जनाएको छ।


