काठमाडौँ- ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएपछि केन्द्रीय नेतृत्व जिल्ला-जिल्लामा पुगेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ।
उनले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताए।
कोशी प्रदेशको झापा र सुनसरीमा डा. शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा. नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुरमा बलबहादुर केसी पुगेका छन्।
मधेश र बागमती प्रदेशका जिल्लाहरु महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’ छन्।
यस्तै, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा।. मिनेन्द्र रिजाल, ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल, तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा प्रदीप पौडेल, रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासीमा डा( डिला संग्रौला रहेका छन्।
यसैगरी, कर्णालीको दैलेख, सल्यान र सुर्खेतमा डा. शशांक कोइराला, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुरमा भिष्मराज आङदेम्बे रहेका छन्।
मुख्य सचिव पौडेलका अनुसार केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन।
