काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ। प्रतिपक्ष दल रास्वपाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ। साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ।


