काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरु पनि मिटरब्याजी भएको आरोप लगाएका छन्। बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले बैंकहरु पनि मिटरब्याजी जस्तै बनेको आरोप लगाएका हुन्। बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताएका उनले आन्दोलनको आधार बैंकहरुले नै बनाइदिएको बताए।
‘बैंक मिटर व्याजी होइन र? तीन महिनामा सावामा व्याज गाभ्ने अनि त्यही त हो नि मिटरव्याजी भनेको,’ उनले भने ‘धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्र बैंकको काम होइन। बैंकले लगानी गरेपछि अनुगमन पनि गर्नुपर्छ, सदुपयोग भएको छ छैन पनि हेनुपर्छ।’
उनले सर्वसाधारण मात्र होइन राष्ट्र बैंकबाट पनि सस्तो ब्याजमा रकम उठाउने गरेको भन्दै उनले धेरै ब्याज लिन नहुने बताए।


