काठमाडौँ- नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन्। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार आज र भोलि दुई दिनका लागि दलको बैठक बोलाइएको हो।
‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ। बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ। बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन्।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने जानकारी दिए।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।


