२०८३ कार्तिक १२ गते बुधबार

संघ सरकारलाई बालेनको चेतावनी : काठमाडौँ महानगरको हितमा काम नगरे राजधानी सार्नुस्

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत ३०
balen

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगरे राजधानी सार्न संघीय सरकारलाई चेतावनी दिएका छन्। बिहीबार फेसबुकमा स्टाटस लेख्दै महानगरका मेयरले यस्तो चेतावनी दिएका हुन्।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्। हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन,चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन,’ मेयर बालेनले लेखेको स्टाटसमा भनिएको छ।

यसअघि मेयर बालेन्द्र शाहले काठमाडौँका विभिन्न स्थानमा अतिक्रमित भूमी खाली गर्न संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका थिए। तर संघीय सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले तथ्यबाट पुष्टि हुन नसक्ने काममा संघ सरकारले सहयोग नगर्ने बताएका थिए।

मंगलबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले काठमाडौंका मेयरले अधिकार क्षेत्रबाहिर गएर टिप्पणी गरेको ठहर गरेको थियो। संघ सरकारले महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई जिम्मेवारीबोध गर्नसमेत सचेत गराएको छ। सोही बैठकले सिंहदरवारको फोहोर नउठाएको विषयमा संघीय सरकारले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग छलफल गर्ने समेत निर्णय गरेको थियो।

संघीय सरकारले आफ्ना काममा सहयोग नगरेको भन्दै सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन महानगरको सम्बन्धित विभागलाई निर्देशन दिएका छन्। उनको निर्देशनपछि सिंहदरवारमा फोहोर थुप्रिन थालेको छ।

फेरि किन ‘फायर’ भए बालेन?

‘फोहोर नउठेको विषय गम्भीर कुरा हो। यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनेकी थिइन्, ‘काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो। यो व्यवस्था परिवर्तन भएको छैन। व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयो? यसलाई सरकारले गम्भीर रुपमा लिएको छ।’

सोमबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले महानगरसँग वार्ता गर्न आग्रह गरेका थिए।

प्रकाशित: २०७९ चैत ३० गते बिहिबार १२:५८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना