काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनको तयारी थालेको छ।
रिक्त रहेका पदका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
सरकारसँगको परामर्शमा उपनिर्वाचनको मिति तोक्ने तयारी गरिरहेको पौडेलको भनाइ छ।
२०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि उपनिर्वाचन भएको छैन।
स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पद रिक्त छ। बाँकी रहेका स्थान रिक्त हुन्।
यसैबीच आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।
मिति तोकेपछि मतदाता नामावली नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने व्यवस्था छ।
आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली दर्ता गर्ने काम गर्दै आएको छ।



