काठमाडौँ- संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।
‘राष्ट्रपतिले पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

रिब्दीकोट गाउँपालिका -१, पाल्पा स्थायी ठेगाना भएका पाण्डेलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले महासचिव बनाउन राष्ट्रपतिलाई सिफारिस गरेका थिए।
यसअघि मंगलबारै पाण्डेयले संघीय संसदको सचिव पदबाट राजीनामा दिएका थिए।
पाण्डेयले मंगलबार राजीनामा दिएका हुन्। उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका थिए।
पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएका थिए।
मंसिर २५ गते पाण्डेय संघीय संसदको महासचिवका लागि सिफारिस भएका थिए।



