२०८३ कार्तिक १६ गते आईतबार

व्यवसायी चौधरीसहित तीनै जनालाई हिरासतमुक्त गर्ने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
arun_chaudhari (6)
अरुण चौधरी

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा गैरकानुनी तवरबाट निजी कम्पनीको नाममा ल्याएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई हिरासतमुक्त गर्ने तयारी सरकारी पक्षले गरेको छ।

कीर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छाड्ने तयारी गरेको हो। काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई छाड्न लागिएको हो।

यो प्रकरणमा कारखानाका तत्कालीन प्रमुख अजितनारायणसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर बिहीबार पक्राउ परेका थिए।

सोमबार काठमाडौँ जिल्ला अदालतले तीनै जनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न र अनुसन्धान नसके पनि जमानीमा छोड्न आदेश गरेको थियो।

यसअघि चौधरीसहितलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।

प्रहरीले भने उनीहरूलाई २५ दिन हिरासतमा राखी अनुसन्धान गर्ने पाउनुपर्ने माग गरेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा भएको म्याद थपको सुनुवाइका क्रममा प्रहरी/जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीमाथिको अनुसन्धान नसकिएकोले म्याद थपका लागि आदेश माग गरेको थियो।

उक्त माग विरुद्ध चौधरीलगायतका पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सतीशकृष्ण खरेल, कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ र गोपाल कृष्ण घिमिरे तथा अधिवक्ताहरु राम घिमिरे, तिल प्रसाद गौतम, मोहना अन्सारी र रमण कुमार कर्णले बहस गरेका थिए। चौधरीलगायतलाई हिरासतमा राख्न नपर्ने उनीहरूको जिकिर थियो।

यी हुन् अनुसन्धानका बाँकी विषय
(१) तत्कालीन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडको संचालक समितिका पदाधिकारीको विवरण प्राप्त गरी निजहरु उपर अनुसन्धान गर्नु पर्ने।

(२) तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडको शेयर होल्डरहरु उपर अनुसन्धान गर्नु पर्ने।

(३) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडबाट मालपोत कार्यालयमा खटिएका कर्मचारी उपर अनुसन्धान गर्नु पर्ने।

(४) १० रोपनी जग्गाको हक हस्तान्तरण गर्ने निर्णयमा संलग्न रहेका मालपोत कार्यालयको कर्मचारीहरुको विवरण प्राप्त गरी अनुसन्धान गर्नु पर्ने।

(५) पत्राचार गरिएका विभिन्न निकायहरुवाट (मालपोत कार्यालय, महालेखा परिक्षकको कार्यालय, उद्योग मन्त्रालय, भुमी व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय समेत) जवाफ प्राप्त गर्नु पर्ने।

(६) जग्गाको मुल्य खुलाई मिसिल संलग्न गर्नु पर्ने।

(७) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडमा कार्यरत रहेका कर्मचारीहरुको घटना विवरण कागज गर्ने।

(८) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई जग्गा दिने (अधिग्रहण) स्थानीय बासिन्दाहरु बुझी कागज गर्न पर्ने।

(९) मिति २०३७।७।२० को निर्णय अनुसार का.न.पा. वडा नं.२२ (छ) कि.नं.४५,४६,४७,४८,४९ र ५० को जम्मा क्षेत्रफल ९५-६-१-० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका नाउँमा अधिग्रहण भै प्रमाणित उल्लेख भएकोमा अधिकरण भन्ने शब्दलाई काटीएको देखिन आएको सो सम्वन्धमा अनुसन्धान गर्नु पर्ने।

 

प्रकाशित: २०८० माघ २४ गते बुधबार ११:३३
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना