रौतहट- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ।
एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका ओलीलाई कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन्।
एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन बिहीबार नै ओलीले उद्घाटन गर्नेछन्।
