२०८३ कार्तिक १४ गते शुक्रबार

मलेनिकालाई मलेपकाको प्रश्न : संघीय सञ्चिति कोष ऋणात्मक हुँदैन, ९५ अर्बको समायोजन खोइ?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, बैशाख ३
mahalekha_oag

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले सरकारी हिसाबकिताबमा गडबड हुने गरेको भन्दै प्रश्न उठाएको छ। महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले  सरकारी हिसाबकिताब प्रणाली चुस्त नदेखिएको भन्दै प्रश्न उठाएको हो। 

‘नेपाल सरकारले नगदमा आधारित लेखा प्रणाली अपनाएको अवस्थामा कोषको मौज्दात ऋणात्मक हुन नसक्ने अवस्थामा विगतका वर्षका वर्षदेखि नै ऋणात्मक मौज्दात देखिएको छ। यस सम्बन्धमा छानबिन गरी हिसाब यथार्थ गर्नुपर्नेमा यो हुन सकेको छैन,’ महालेखा परीक्षको प्रतिवेदनमा भनिएको छ।

नेपाल सरकारले नगदमा आधारित लेखाप्रणाली अपनाउने गरेको छ। लेखाको सर्वमान्य सिद्धान्तनुसार नगदमा आधारित लेखा प्रणालीमा नगद प्राप्त भएपछि वा प्रदान गरेपछि मात्रै खर्च र आम्दानीको लेखाङ्कन गरिन्छ। आम्दानीलाई नगद प्राप्त भएपछि आम्दानी जनाइन्छ भने खर्चको हकमा वास्तविक भुक्तानी भएपछि मात्र खर्चको रूपमा लेखाङ्कन गर्ने प्रणाली छ।

यस लेखा प्रणालीले भुक्तानी दिन बाँकी खर्चहरू, अग्रिम भुक्तानीहरू, प्राप्त हुन बाँकी आम्दानीहरू र अग्रिम रूपमा प्राप्त आम्दानीलाई लेखाङ्कन गर्दैन। सरकारले नगदमा आधारित लेखा प्रणाली अपनाएकाले संघीय सञ्चिति कोष ऋणात्मक हुने नसक्ने महालेखा परीक्षकको भनाइ छ। तर, विगतका केही वर्षहरुमा सरकारको संघीय सञ्चितिकोष ऋणात्मक रहेको देखाउँदै आएको छ।

महालेखा नियन्त्रक कार्यालयले पेस गरेको गत आर्थिक आर्थिक वर्षको संघीय सञ्चिति कोषको संशोधित विवरणमा राजस्व, अनुदान र ऋण गरी १३ खर्ब ६९ अर्ब रुपैयाँ प्राप्ती भएको देखिन्छ। उक्त प्राप्तिबाट चालु, पुँजीगत र वित्तीय व्यवस्थामा १३ खर्ब १० अर्ब रुपैयाँ खर्च गरेको देखिन्छ। जसबाट ५९ अर्ब ४३ करोड रुपैयाँले संघीय सञ्चिति कोष बचतमा रहेको देखिन्छ।

उक्त बचतबाट आर्थिक वर्ष २०७७/७८ को ऋण समायोजन गर्दा संञ्चिति कोष ५३ अर्ब ९१ करोडले ऋणात्मक रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारी लेखाप्रणाली नगदमा आधारित भएपनि सधैं सघीय सञ्चितिकोष कसरी ऋणात्मक भयो भनी महालेखाले यथार्थ छानबिन गर्न भनेको छ।

संघीय सञ्चितिकोषमा समायोजन गरेको १ अर्ब ३८ करोडमा शंका
यस्तै प्रतिवेदनले महालेखा नियन्त्रक कार्यालयले विनिमय दर वा अन्य समायोजन भनी भन्दै ऋणात्मक संघीय सञ्चिति कोषमा समायोजन गरिएको १ अर्ब ३८ करोडमाथि समेत प्रश्न गरेको छ।

अघिल्लो आर्थिक वर्ष १ खर्ब १२ अर्बले ऋणात्मक भएको संघीय सञ्चिति कोषमा गत आर्थिक वर्षको ५९ अर्ब ४३ करोड बचत समायोजन गर्दा ५२ अर्ब ५३ करोडले ऋणात्मक हुनुपर्ने कोष ५३ अर्ब ९१ करोडले ऋणात्मक देखिएको भन्दै महालेखाले प्रश्न गरेको हो।

१ अर्ब ३८ करोडले बढी ऋण सञ्चितिकोषमा थप गरिएपनि त्यसलाई प्रमाणित गर्ने पर्याप्त विवरण उपलव्ध नगराएको महालेखाले भनेको छ। विनिमय दर र अन्य समायोजन भनेपनि त्यसको पर्याप्त आधार पुष्टि नभएको महालेखाले ठहर गरेको छ।

राष्ट्र बैंकले उपलब्ध  गराएको विवरणनुसार उक्त सरकारको विभिन्न वाणिज्य बैंकहरुमा रहेको खातामा ९५ अर्ब ४९ करोड रुपैयाँ संघीय सञ्चितिकोष गणना नगरिएको भन्दै उक्त रकम समावेश गर्न महालेखाको प्रतिवेदनले भनेको छ।

प्रकाशित: २०८० बैशाख ३ गते आईतबार ०५:०६
प्रतिक्रिया

थप समाचार

विश्वको अर्थतन्त्र आकार १२८० खर्ब हुँदा नेपालको साढे ४५ अर्ब डलर मात्र

विश्वको कुल अर्थतन्त्रको ४२ प्रतिशतभन्दा बढी हिस्सा अमेरिका र चीनले ओगटेका छन्। अमेरिकाको अर्थतन्त्रको हिस्सा विश्वको एक चौथाइ छ। अमेरिका, चीन, जर्मनी र जापान—यी चार देशले मात्र विश्वको कुल...

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना