काठमाडौँ– साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको छ।
बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको हो ।
चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्त्वपूर्ण खेल आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा हुनेछ ।
बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ। खेलले चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने बताइएको छ।
इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने विश्वास लिएको छ।
क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको छ। ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने बताइएको छ।


