काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘मेरो घर कर्जा’ योजना ल्याएको छ। घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम पाँच कारोड रुपैंया सम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ।
हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ। यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ। कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ।
कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ। यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ।
हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ।
