काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले शुक्रबार चार मन्त्री र दुई जना राज्यमन्त्री थपेर १० सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन्।
नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्री बनेका छन्। सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बनाइएको छ। कार्की सामाजिक विकास र मगर खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री बनेका छन्। यस्तै इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री र सुनिताकुमारी गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिता कुमारी गुरूङ नियुक्त भएका छन्। थापा र गुरुङ कांग्रेसका हुन्।
कार्कीको मन्त्रिपरिषद्मा शम्शेर राई आन्तरिक मामिला तथा कानुनमन्त्री, गणेश उप्रेती पर्यटन, वन तथा वातावरणमन्त्री र कमलप्रसाद जगेबु भौतिक पुर्वाधार विकासमन्त्री छन्।


