काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि नेपाली राजदूतहरुको नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि शनिल नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन्।
शुक्रबार राष्ट्रपतिले क्यानडा र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको जानकारी शीतल निवासले दिएको हो।
सरकारले तत्कालीन परराष्ट्र सचिवसमेत रहेका पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो भने कात्तिक २३ गते नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।



